महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिकाको बसबिट्टिमा गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । रामगोपालपुर नगरपालिका १ बसबिट्टिका ३८ वर्षीय कौशल मण्डलको गोलिबाट सोही स्थानका ४४ वर्षीय श्रवण यादव गम्भीर घाइते भएका हुन् ।
मण्डलले तीन राउन्ड प्रहार गरेको गोलीले यादवलाई दुई राउन्ड लागेको छ । एक राउन्ड चिउँडोमा र अर्को राउण्ड गोली दाहिने कुममाथी लागेको छ ।
यादवलाई उपचारका लागि जानकी एकेडेमी हस्पिटल पर्सामा लगिएपनि उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकपुरस्थित जानकी हेल्थ केयरमा पठाइएको छ ।
गोली प्रहार गर्ने कौशल मण्डल र निजले प्रयोग गरेको पेस्तोल गोलिको खोका तीन थानसहित प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।




