सर्लाही । सर्लाहीको बलरा नगरपालिका १ हथिऔलमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । भैँसी चराउन गएको बेला चट्याङ लागेर ४६ वर्षीय अर्जुन पटेलको ज्यान गएको हो ।
शनिबार अर्थात आज दिउँसो चट्याङ परेपछि अर्जुनका साथै भैँसी पनि मरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।




