सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा रहेको श्रीमती कृष्णदेवी माविमा एक युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका–९ स्थित श्रीमती कृष्णदेवी माविको प्रांगणमा आइतबार बिहान युवकको शव फेला परेको हो ।
करिव २२ वर्षीय युवकको शव फेला परेको हो । हालसम्म पहिचान खुल्न सकेको छैन । आइतबार बिहान स्थानीयले विद्यालयको बरण्डामा युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले केही बेरअघि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगेको छ । युवकको हत्या भएको आशंका प्रहरीले गरेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




