सिरहा । सिरहाको लहान नगरपालिका भएर बग्ने खुट्टी खोलामा अत्यधिक बाढी आएको छ । बाढीका कारण लहान नगरपालिका ५ स्थित दलित बस्ती डुबानमा परेको छ । करिब ७ जनाको घरमा बाढी पसेको छ ।
घरमै बाढी पसेपछि खान र बस्न समस्या भएको छ । यस्तै लहानको झन्डा पार्क पनि बाढीले डुबाएको छ । खुट्टी खोला किनारमा रहेको झन्डा पार्क बाढीले डुबेपछि सेल्फी लिनेहरुको भीड लागेको छ ।




