बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ टांगियाबस्तीमा शुक्रबार छोराको मुक्का प्रहारबाट बाबुको मृत्यु भएको छ ।
९० वर्षीय बाबु माइत सिं घलानलाई उनका ६० वर्षीय छोरा दिलबहादुर घलानले घरायसी विवादमा रिसको झोंकमा मुक्का प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मुक्का प्रहारबाट वृद्धको घटनास्थलमै मृत्यु भएको हो । घटनाको आरोपमा इलाका प्रहरी कार्यालय निजगढले छोरा दिलबहादुरलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ ।




