महोत्तरी । महोत्तरीमा छत ढलानको क्रममा मिक्चरमा करेन्ट प्रवाह हुँदा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । यस्तै, दुई जना घाइते भएका छन् । सोमबार करिब २ बजे सम्सी गाउँपालिका १ पर्साबजार बस्ने उपेन्द्र यादवको घर ढलान गर्ने क्रममा मिक्चरबाट करेन्ट सर्ट हुँदा सम्सी गाउँपालिका १ का ५५ वर्षीय राज किशोर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
करेन्ट लागेर घाइते भएका उनलाई जानकी एकेडेमी पर्सा रामगोपालपुरमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै, सम्सी १ कै ४५ वर्षीय सुरेश खत्वे मण्डल र रामगोपालपुर नगरपालिका ४ बस्ने ३४ वर्षीय विपिन मण्डलको उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।




