बारा । बारा जिल्ला, कलैया उपमहानगरपालिकामा एक जना नाबालिकाको सर्पदंशबाट मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–१८ मोतिसर निवासी हरेराम साह कानूकी चार वर्षीया छोरी रुद्राक्षी कुमारीको बुधबार बिहान सर्पदंशको कारण मृत्यु भएको हो ।
बालिकालाई सर्पले टोकेको थियो तर टोकेको थाहा पाइनन् । उनी सुतेको अवस्थामा विषले असर गरेपछि परिवारजनले अस्पताल पुर्याएका थिए तर उनको उपचारको क्रममा आज बिहान ३ बजे निधन भएको कलैया अस्पतालले जनाएको छ ।




