रौतहट । रौतहट प्रहरीले बालिका अपहरणको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । शनिबार बिहान पक्राउ परेकाहरु माथि प्रहरी अनुसन्धान जारी छ । दुवैलाई केरकार गरेपनि वास्तविकता खुल्न नसकेको ईलाका प्रहरी गरुडाले जनाएको छ ।
माधवनारायण नगरपालिका–५ बस्ने अवधेशकुमार महतोकी ९ वर्षिया छोरी खुश्बुकुमारी महतोलाई अपहरण गरेको आरोपमा छिमेकी रञ्जित साह र नरेश साहलाई प्रहरीले पक्राउ गरेको हो ।
बालिकाका बुवा महतोले दुवै मिलेर छोरीलाई अपहरण गरि भारत लगेको आरोप लगाए । गत बिहिबार साँझ घर छेउबाटै खुश्बु हराएपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए । छिमेकी साहद्वयले अपहरण गरेको भन्दै महतो र स्थानियले केरकार गरेका थिए ।
शनिबा बिहान ५ बजे बोरामा बाँधिएको अवस्थामा घर नजिक छोरी खुश्बु फेला परेको बुवा महतोले जानकारी दिए । साहद्धयले छोरीलाई अपहरण गरेको प्रहरीमा जानकारी गराएपनि पक्राउमा ढिलासुस्ती गरेको भन्दै शनिबार बिहान स्थानीयले गौर–चन्द्रनिगाहपुरमा खण्ड केही बेर चक्काजाम गरेका थिए ।
प्रहरीले दुवैलाई नियन्त्रणमा लिएपछि बाटो खुलेको थियो । आरोपित विरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा आईतबार महतोले जाहेरी ल्याएपनि सच्याउन भनेर लगेपछि फर्केर नआएको ईलाका प्रहरी गरुडाका डिएसपी ओमप्रकाश खनालले बताए ।




