सर्लाही । सर्लाहीको पश्चिमी भेगस्थित रामनगर गाउँपालिका–१, खैरवा बजारदेखि पश्चिममा पर्ने खैरवा गोठमा एक किशोरी रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।
आज सोही ठाउँकी बिरबहादुर सहनीकि अन्दाजी १८ वर्षीय छोरी चन्दा कुमारी सहनी घरबाट करिब २०० मिटर टाढा रुखमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएकी हुन् ।
घटनास्थलमा २ वटा सानो (किप्याड) मोबाइल फोन भेटिएको बताइएको छ । परिवार स्रोतका अनुसार छोरीलाई आफूहरूले भने मोबाइल नदिएको तथा उनीसँग मोबाइल नै नभएको बताएको छ ।
चन्दा बिहान एक्कासि घरमा नहुँदा खोज्ने क्रममा उक्त ठाउँमा झुन्डिएको अवस्थामा भेटिएको परिवारजनले बताएका छन् । अहिले शवलाई परीक्षणका लागि जिल्ला सदरमुकामस्थित प्रादेशिक अस्पतालमा लगिएको तथा यस घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




