सर्लाही । सर्लाहीमा घाँस काटिरहेकी एक महिनाको कान काटेर सुनका गहना लुटिएको छ । घर नजिकै सार्वजनिक चौरमा एक्लै घाँस काटिरहँदा उनीमाथि आक्रमण गरेर दुबै कानका झण्डै आधा तोला सुन लुटिएको हो ।
भारतीय सीमा नजिकै पर्ने सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ४, त्रिभुवन नगर निवासी ६० वर्षीया सुमित्रादेवी रायलाई बुधबार दिउँसो अपरिचित एक व्यक्तिले आक्रमण गरेर घाइते बनाएपछि सुन लुटेर लगेका प्रहरीले जनाएको छ ।
लुटेराको प्रतिकार गर्दा सुमित्रादेवीको कान काटेर लुटेराले सुन लुटेका हुन् । त्यसक्रममा टाउकोमा समेत गहिरो चोट लागेको छ । लुटेरा समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । लुटेरा स्थानीय नै भएको आशंका प्रहरीको छ ।




