महोत्तरी । सोनमा गाउँपालिकामा भएको घट्नाका आरोपमा महोत्तरी प्रहरीले पुर्वअध्यक्ष सहित १० जना विरुद्ध मुद्दा दर्ता गरेको छ । प्रहरीले पूर्व अध्यक्ष राजकुमार यादव, वडा नं १ का वडाध्यक्ष अशोक यादव समेत १० जना विरुद्ध मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रवक्ता दिलीपकुमार गिरीका अनुसार आपराधिक प्रवेश र आपराधिक उपद्र सम्बन्धी कसुरमा मुद्दा चलाइएको जनाएको छ । मुद्दा दर्ता गरिएका मध्ये सोनमा १ का रामप्रसाद पासवान, उपेन्द्रकुमार साह, राकेश राम, नैजामुद्दीन अन्सारी, महेशकुमार र राम केबल राय रहेका छन् ।
यस्तै वडा नं २ का ललिन्द्र यादवसमेत ७ जनालाई प्रहरीले घटना स्थलबाटै नियन्त्रणमा लिई सकेको छ । पूर्व गाप अध्यक्ष राजकुमार यादव, वडाध्यक्ष अशोक यादव र वडा नं १ का शैलेन्द्र यादवविरुद्ध पक्राउ पुर्जी जारी गरी खोजतलास भइरहेको छ ।




