जनकपुर । जनकपुरधामका युवाहरूले सरकारी बिदाका दिन सरकारी गाडी चलाउन नपाइने भन्दै शनिबारका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएका छन् ।
सरकारी गाडीको दुरुपयोग बढेको भन्दै युवाहरूले जनकपुरधाम उपमहानगरपालिकास्थित भानु चोकमा शनिबारका दिन पनि सरकारी गाडी चलाएको भन्दै गाडी नियन्त्रणमा लिई धनुषा ट्राफिक प्रहरीलाई बुझाएका हुन् ।
राष्ट्रिय युवा सङ्घ नेपाल मधेश प्रदेशका अध्यक्ष लव अधिकारीको नेतृत्वमा गत शनिबारदेखि सञ्चालन गरिएको अभियानमा बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिइएको हो । तस्बिर : लक्ष्मी चौधरी




