सर्लाही । सर्लाहीमा आफ्नै घरको छतबाट खसेर एक युवकको मृत्यु भएको छ । चक्रघट्टा गाउँपालिका ८, औरहीका ३० वर्षीय मुकेश महतोको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
आइतबार राति आफ्नै घरको छतमा पुगेका महतो खसेर सख्त घाइते भएपछि उपचारका लागि आफन्तले प्रादेशिक अस्पताल मलंगवा पुर्याएका थिए । महतोको उपचारको क्रममा मृत्यु भएको हो ।
मृतकको शव अहिले परिक्षणको लागि सोहि अस्पतालमा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




