सर्लाही । सर्लाहीको व्यस्त सडकमा गोली लोड गरेको पेस्तोल फेला परेको छ । सोमबार दिउँसो जिल्लाको ईश्वरपुर नगरपालिका ६ बयलबास बजारको सडकमा एक थान गोली लोड भएको चालु अवस्थाको पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कसैले आपराधिक घटना घटाउने उद्देश्यले गोली लोड गरेको पेस्तोल बोकेर हिँडेको र प्रहरीलाई देखेपछि फालेको हुन सक्ने अनुमान प्रहरीको रहेको छ । यस विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




