सप्तरी । सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । कोशी गाउँपालिका ५ निवासी बिन्देश्वर यादवका ८ वर्षीय छोरा आशिषको पोखरीमा डुबेर मृत्यु भएको हो ।
राजविराज नगरपालिका ९ मलेठमा आफन्तको घर गएको बेला बालक नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पोखरीबाट उद्धार गरि बालकलाई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।




