सर्लाही । सर्लाही सदरमुकाम मलंगवाबाट शुक्रबार राति प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । ५ जनाको समूहले टाउकोमा बोकेर खोलाको बाटो भई भारतीय सीमा कट्नै लागेको अवस्थामा १ सय ६४ किलो गाँजा बरामद गरिएको हो ।
प्रहरीलाई देख्ने बित्तिकै भारतीय बजार सोनवर्षा जान उनीहरूले गाँजा छाडेर भागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीका अनुसार ६ वटा गाँजाको पोका बरामद गरिएको छ । उनीहरुको खोजी कार्य भइरहेको बताइएको छ ।




