जनकपुर । गौ हत्या र हिन्दूमाथि भइरहेको आक्रमणको विरोधमा हिन्दूवादी र साधु सन्तहरुले जनकपुरधाममा प्रदर्शन गरेका छन् । जानकी मन्दिर, मिल्स एरिया, मुरली चोक लगायतका स्थानबाट हिन्दूवादी र साधु सन्तहरुले शान्तिपूर्ण जुलुस निकालेका हुन् ।
जुलुसमा गाई (गौ माता) लाई समेत सहभागी गराइएको छ । साधुसन्त बाजा गाजासहित भजन कीर्तन गर्दै जुलुसमा सहभागी भएका थिए । विशाल जुलुसलाई जनकपुरधामबासीले ठाउँ ठाउँमा स्वागत गरेका थिए ।
हिन्दू राष्ट्र कायम गर, गौ हत्या गर्ने र हिन्दुमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर, गौ माताको संरक्षण गर लगायतका नारा लगाइएको थियो । हिन्दूमाथि आक्रमण र गौ हत्या गर्नेहरुमाथि कानूनी कारबाही नगरिए अब सिंहदरबार घेर्ने चेतावनी साधुसन्तहरुले दिएका छन् ।




