रौतहट । सडक निर्माण भएको तीन महिना नबित्दै भत्कन थालेको छ । देवाहीगोनाही नगरपालिकाको मलङचोकदेखि देवाही जाने सडक भत्कन थालेको हो । सो सडक तीन महिनाअघि ठेकेदार नागेन्द्र साहले कालोपत्रे गरेका थिए ।
सडक डिभिजन कार्यालयका प्राविधिकको मिलेमतोमा सडक गुणस्तरहीन बनेको सरोकारवालाहरूको भनाइ छ । सो सडकमा दुर्घटनाको जोखिम उच्च रहेकोले मर्मत गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।




