सर्लाही । सर्लाहीमा जङ्गली हात्तीको आक्रमणमा परि एक जनाको ज्यान गएको छ । रामेछाप लिखुतामाकोशी घर भइ सर्लाहीको हरिवन नगरपालिका ७ टाइवान बस्ने १८ वर्षीय शिवप्रसाद दाहालको आज बिहान हात्तीको आक्रमणबाट ज्यान गएको हो ।
जानकीनगरको जङ्गलमा बिहान घाँस दाउरा लिन गएको बेला उनलाई हात्तीले आक्रमण गरेको हो । हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।




