रौतहट । आइतबार चन्द्रनिगाहपुरमा एक जना पुरुषको शव फेला परेको छ । दोलखाको जिरी घर भई चन्द्रपुर नगरपालिका–४ मिलनचोकमा बस्ने ३५ वर्षीय पेम्बाली शेर्पा मृत भेटिएका हुन् ।
शेर्पा मिलनचोकका जुगेश्वर राय यादवको घरमा ६ महिनादेखि मिस्त्रीको काम गर्दै बस्दै आएका थिए । घरको भुईं तलामा उनी मृत फेला परेको रौतहट प्रहरीले जनाएका छ ।




