एजेन्सी । बेलायतकी निवासी केरी स्विन्टनले जुन २०११ मा समारोहमा भाग लिँदा उनको जीवन यति धेरै परिवर्तन हुनेछ भन्ने कल्पना पनि गरेकी थिइनन् । विवाहमा ११० पाहुनाहरूलाई आमन्त्रित गरिएको थियो, जहाँ उनले २० वर्षीय मार्क टेलरलाई भेटिन् ।
त्यतिबेला, उनलाई थाहा थिएन कि एक दिन त्यो व्यक्ति उनको मंगेतर बन्नेछ, उनको जीवनको एक महत्वपूर्ण भाग हुनेछ । र एक दिन उसले आफ्नो जीवन बचाउनेछ । चार वर्षपछि केरीको विवाह टुट्यो र उनी छोरीसँग एक्लै बस्न थालेकी थिइन् । यसैबीच, उनलाई आफ्नो पियानो बोक्न एउटा भ्यान चाहियो । भ्यान खोज्दै गर्दा उनले फेसबुकमा मार्क टेलरको कम्पनी भेटिन् ।
यहाँबाट दुबै जना फेरी नजिक आए र बिस्तारै दुबैले च्याटमा कुरा गर्न थाले । मार्कलाई थाहा थियो कि उनी विवाहित थिइन्, त्यसैले उनी धेरै नजिक हुन चाहँदैनथे । तर कुराकानीमा केरीले आफू अहिले एक्लै बस्दै आएको बताइन् । केरीले भनिन्- ‘म उनलाई सधैं मन पराउँथे, तर थाहा थिएन कि उनी अविवाहित थिए ।’
‘हामी दिनहुँ धेरै कुरा गर्थ्यौं । एक दिन उनी अचानक फूलको गुच्छा लिएर आए र मलाई डेटमा जानका लागि अनुरोध गरे । मैले अस्वीकार गर्न सकिन । त्यसपछि हामी दुवै एक भयौं । म अझै पत्याउन सक्दिन कि मैले मेरो विवाहमा भेटेको मान्छे अब मेरो मंगेतर हो’, केरी भन्छिन् ।
एउटा अनौठो घटनाले सबै कुरा बदलिदियो
यसैबीच एउटा अनौठो घटना घट्यो । मार्कलाई पोलिसिस्टिक मृगौला नामक आनुवंशिक रोग लागेको थियो । उनको मृगौला फेल भएको थियो । नाकबाट लगातार रगत बगिरहेको थियो । चिकित्सकले मिर्गौला प्रत्यारोपण गर्न आग्रह गरेका थिए । मैले तुरुन्तै भने कि यदि तपाईं मेरो लिन सक्नुहुन्छ भने प्रयोग गर्नुहोस् ।
डाक्टरहरुले भने– म्याच हुनु जरुरी छ । म धेरै चिन्तित थिएँ । त्यही भएर अनुसन्धानपछि डाक्टरले भने– यो एकदम सही मिलान हो । यसको मतलब मेरो मृगौला उहाँमा प्रत्यारोपण गर्न सकिन्छ । केरी भन्छिन्- ‘म असाध्यै खुसी थिएँ । मेरो बिहेमा भेटेको मान्छे सम्पूर्ण जीवन मेरो अंगले बाँच्नेछ ।’






