सर्लाही । सर्लाही प्रहरीले पछिल्लो २ दिनमा १६ लाख बढिको अवैध सामान बरामद गरेको छ । कात्तिक १८ गतेदेखि २० गतेसम्म १६ लाख ९७ हजार ६२० मूल्य बराबरको विभिन्न सामाग्री बरामद गरेको प्रहरीले जनाएको छ ।
जिल्लाका विभिन्न ठाउँबाट जिल्ला प्रहरी कार्यालय सर्लाही तथा मातहत प्रहरी कार्यालयहरुले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा उक्त मूल्य बराबरका विभिन्न सामाग्रीहरुका साथै ठूलो मात्रामा पट्का समेत बरामद गरेको जनाएको छ ।
साथै, प्रहरीले अबैध सामान भन्सार छली गरि नेपालतर्फ ल्याउन प्रयोग गरिएको ज ९ प ९७४३ र बि आर ३३ एन ७५७२ नम्बरको भारतीय मोटरसाईकल समेत बरामद गरेको छ ।
उक्त बरामद गरेको सामान र मोटरसाईकल आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।




