सिरहा । पात टिप्ने क्रममा रूखबाट लडेर लहान नगरपालिका २४ का गोबिन्दपुर बस्ने ४५ वर्षीय संजय साहुको शुक्रबार दिउँसो मृत्यु भएको छ । कटहरको रूखमा चढी बाख्रालाई पात टिप्ने क्रममा उनी लडेर गम्भीर घाइते भएका थिए ।
आफ्नो घर नजिक खेतबारीमा रहेको रुखमा चढेर लड्दा घाइते भएको उनको उपचारको लागि प्रादेशिक अस्पताल लहान सिरहातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




