सप्तरी । सप्तरी जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीबन्दीको हिजो मंगलबार ज्यान गएको छ । ज्यान जानेमा सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १५ का ६५ वर्षीय नन्दलाल मण्डल रहेका छन् ।
मण्डल २०७९ कात्तिक १६ गतेदेखि राजविराज कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेको जनाइएको छ । हिजो बिहान शौचालयबाट निस्केपछि लडेका मण्डललाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा लगिएकोमा उपचारको क्रममा ज्यान गएको हो ।




