काठमाडौं । जनमत पार्टीका अध्यक्ष एवम् सांसद डा. सिके राउतले आफ्नो दल वर्तमान सरकारमा सहभागी नहुने र मधेस प्रदेश सरकार ढल्दा राम्रो हुने बताएका छन् ।
शनिबारदेखि वीरगंजमा हुने पार्टी केन्द्रीय समितिको पूर्ण बैठकमा सहभागी हुन शुक्रबार वीरगंज आएका अध्यक्ष डा. राउतले गहवामाई मन्दिर दर्शनपछि वर्तमान नयाँ समीकरणको सरकारले आफ्नो शर्त मान्य हुने लक्षण नदेखाएकोले प्रतिपक्षमा बस्ने निर्णय गरेको बताए ।
उनले अर्को समीकरण बनेको खण्डमा भने सरकारमा जाने कुरामा विचार गर्न सकिने सङ्केत गरे । उनले मधेस प्रदेश सरकार ढल्नै पर्ने बताए । उनले मधेस प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेको र यसको चौतर्फी आलोचना भइरहेको पनि बताए ।




