काठमाडौं । नेकपा एमालेका नेता तथा प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले माधव नेपाल समूहसँग एकताको असम्भव कोशिस नगर्न नेतृत्वलाई सुझाव दिएका छन् ।
नेपालको मंगलबारको वक्तव्यले एकताको सम्भावना सकिएको भन्दै थापाले अब जेठ २ को रटानको अध्याय सकिएको बताएका छन् । थापाले आफ्नो सुझाव पेश गर्दै माधव नेपालका शर्त स्वीकार गरेर एकता नहुने भन्दै यी शर्तमा नेपालसँग होइन देउवाको कांग्रेससँग बरु एकता हुन सक्ने टिप्पणी गरेका छन् ।
थापाले भनेका छन्, ‘यी शर्तमा नेपाल गुटसँग होइन, देउवाको काँग्रेससँग बरू एकता होला । तेल निस्काल्न बालुवा होइन तोरी पेल्नुपर्छ । ल्याङल्याङ अति भयो ! अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं, असम्भव कोशिस छोडौं ।’
अब जेठ२काे रटानकाे अध्याय सकिएकाे छ।
माधव कु नेपालका शर्त स्वीकारेर त एकता हुँदैन।यी शर्तमा नेपाल गुटसँग हाेइन,देउवाकाे काँग्रेससँग बरू एकता हाेला।तेल निस्काल्न बालुवा हाेइन ताेरी पेल्नुपर्छ। ल्याङल्याङ अति भयाे!अध्यक्षकाे वक्तव्य मानेर आउनेलाई स्वागत गराैं,असंभव काेशिस छाेडाैं। pic.twitter.com/P8NmFb47n3— Surya Thapa (@ThapajiSurya) June 8, 2021






