काठमाडौं । प्रधानमन्त्री नियुक्तिमा राष्ट्रपतिले संविधानको धारा नै उद्यृत नगरेपछि प्रधानमन्त्रीमा शेरबहादुर देउवाको सपथग्रहण ढिलाई भएको छ ।
राष्ट्रपतिले संविधानको धारा ७६(५) उल्लेख गर्नुपर्नेमा नगरी अदालतको आदेश अनुसार भनेर उल्लेख गरेपछि देउवा असन्तुष्ट बन्दै सपथमा समयमा नगएका हुन् ।
सपथका लागि अरु पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालसहितका नेताहरु पुगे पनि देउवा ६ बजेका लागि बोलाइएको सपथमा देउवा ढिलो गरी सात बजेतिर मात्रै शीतलनिवास पुगेका थिए ।







