काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा बुढानीलकण्ठबाट बालुवाटार सरेका छन् ।
आज (शुक्रबार) ९ः५७ बजेको साइतमा प्रम देउवा निजी निवास बुढानीलकण्ठबाट सरकारी निवास बालुवाटार सरेका हुन् ।
कांग्रेस सभापति देउवा गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । देउवा प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेका थिए । ओली निजी निवास बालकोटमा बसोबास गर्न थालेका छन्।






