काठमाडौं । आइतबार सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन तोलाको १ लाख ६६ हजार रुपैयाँ रहेको सुन आज १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको छ । सुनको यो मूल्य हालसम्मकै उच्च हो ।
त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ। अघिल्लो दिन २ हजार ७० रुपैयाँ रहेको चाँदी आज २ हजार ८५ रुपैयाँ पुगेको छ । यसअघि चाँदीको मूल्यले कात्तिक ७ गते २ हजार १३५ रुपैयाँको उच्चतम् रेकर्ड बनाएको थियो ।




