काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले बुधबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ तोकेको छ । आज सुन प्रतितोला २ हजार २ सय रूपैयाँले बढेको हो ।
यसअघि मंगलबार सुन १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेको छ । मंगलबार तोलामा २ हजार १ सय ५ रूपैयाँमा कारोवार भएको चाँदी आज १५ रूपैयाँले बढेर २ हजार १ सय २० रूपैयाँमा कारोवार भइरहेको छ ।




