काठमाडौं । बिहिबार प्रतितोला ४ हजारले घटेको सुन शुक्रबार फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिन सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ तोकेको थियो । आज शुक्रबार भने १ लाख ६६ हजार ५ सय रुपैयाँ पुगेको छ । कात्तिक १५ गते सुनको भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो ।
मूल्य केहि घटेको मौकामा लगानीकर्ता खरिदतर्फ आकर्षित देखिएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ फेरि बढेको हो । त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९६० रुपैयाँ रहेको चाँदी आज १ हजार ९८० रुपैयाँ पुगेको छ ।




