काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा पाँच सयले घटेको छ । अघिल्लो हप्ता घटबढ भइरहेको सुनको मूल्य आज भने घटेको हो ।
शुक्रबार १ लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । शुक्रबार १ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको २० रुपैंयाँले घटेर १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




