काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहिबार प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार १ हजार ५०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ५०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदीको मूल्य भने घटेको छ । बिहिबार प्रतितोला १ हजार ९५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




