काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघ नेपालका अनुसार आज सुनको मूल्य रु १ हजार ७ सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु १ लाख ६५ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आज रु १ लाख ६७ हजार २ सय कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । शुक्रबार प्रतितोला रु १ हजार ९ सय ४० मा कारोबार भएकोमा आजका लागि रु १ हजार ९ सय ६० निर्धारण भएको छ ।




