काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा २ रुपैयाँको वृद्धि गरेपछि आन्तरिक हवाई भाडा पनि वृद्धि भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मंगलबार वृद्धिको निर्णय गरेको हो, जस अनुसार भाडा १९ गतेदेखि लागू हुनेछ ।
काठमाडौंबाट माउन्टेन फ्लाइटको भाडामा ६५ रुपैयाँको वृद्धि भएको छ । यस्तै, काठमाडौं–सिमरा र काठमाडौं–पोखरा मार्गमा क्रमश: १५ र ३० रुपैयाँ वृद्धि भएको छ ।
काठमाडौं–धनगढी, काठमाडौं–विराटनगर, काठमाडौं–भैरहवा, काठमाडौं–नेपालगन्ज र काठमाडौं–सुर्खेत मार्गमा पनि क्रमश: ९०, ५०, ४०, ६० र ६५ रुपैयाँको वृद्धि भएको क्यानले जनाएको छ ।




