काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा तोलाको ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यो मूल्य १ लाख ५० हजार ७ सय रुपैयाँ रहेको थियो ।
यसैगरी, चाँदीको मूल्यमा भने वृद्धि भएको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला १ हजार ८८० रुपैयाँ रहेको थियो ।




