काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि घटेको छ । आज आइतबार छापावाल सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको थियो । आज सुन १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।




