इलाम । इलाममा जंगली च्याउको तरकारी खाँदा बाबु-छोराको ज्यान गएको छ । फाकफोकथुम गाउँपालिका-१ लुम्सुङवाङका का ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका छोरा १२ वर्षीय दिवस लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
प्रहरीका अनुसार गएको साउन ३ गते घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा उनीहरु बिरामी परेका थिए । साउन आठ गते उनीहरुको अन्तिम संस्कार गरिएको थियो । जंगली विषालु च्याउको तरकारी खाएरै उनीहरुको ज्यान गएको हो ।
च्याउको तरकारी बाबु-छोराले मात्र खाएका रहेछन्, उनीहरु बिते । नखाएका श्रीमती र बुहारीलाई केही भएको छैन । धामीझाँक्री गर्नाले बाबु-छोरा बिते, बेलैमा अस्पताल लगेको भए सायद यस्तो घटना हुँदैनथ्यो होला ।






