काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आन्तरिक बजारको माग तथा आपूर्ति व्यवस्थापन र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतार चढावका कारण आज सुन प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको हो ।
शुक्रबार प्रतितोला १ लाख ५३ हजार ५ सयमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य भने स्थिर देखिएको छ । आइतबार पनि चाँदी प्रतितोला १ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।






