काठमाडौ । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । मंगलबार बिहान नेता नेपाल र (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो ।
उक्त भेटपछि माओवादी अध्यक्ष प्रचण्डले दिउँसो स्थायी कमिटी बैठकमा माधव समूह सरकारमा सहभागी हुने जानकारी दिएका हुन् । नेपाल समूहलाई कम्तीमा ६ मन्त्रालय, एक वा दुई प्रदेश प्रमुख र राष्ट्रिय योजना आयोग लगायतका निकायमा पनि भागवण्डा गरिने बताइएको छ ।






