काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल तथा हवाई इन्धनको मूल्य बढाएको छ। नयाँ मूल्य गएरातिदेखि लागू गरिएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टीतेलको ४ रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ ६ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय उडानका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४३ ले वृद्धि भएको छ ।
नयाँ मूल्यसूची यसप्रकार छ:
पहिलो वर्ग (चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगञ्ज, धनगढी)
– पेट्रोल: १६४ रूपैयाँ ५० पैसा
– डिजेल/मट्टीतेल: १५७ रूपैयाँ ५० पैसा
दोस्रो वर्ग (सुर्खेत, दाङ)
– पेट्रोल: १६६ रूपैयाँ
– डिजेल/मट्टीतेल: १५९ रूपैयाँ
तेस्रो वर्ग (काठमाडौं, पोखरा, दिपायल)
– पेट्रोल: १६७ रूपैयाँ
– डिजेल/मट्टीतेल: १६० रूपैयाँ
यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १३२ रुपैयाँ तोकिएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रतिकिलोलिटर एक हजार तीन अमेरिकी डलर कायम गरिएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ ।






