काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसीको सबै सम्झौताहरु संसदमा पेश गर्न माग गरेका छन् । एमसिसीसँग गोप्य सम्झौता भएको दाबी गर्दै उनले सबै सम्झौताहरु संसदमा पेश गर्न माग गरेका हुन् ।
प्रतिनिधिसभा बैठकमा विशेषमा बोल्दै नेता रावलले यसअघि भएका असमान सन्धी सम्झौताका कारण नेपाली जनताले धेरै दुख व्यहोर्नु परेका बताउदै उनले राष्ट्रहित विपरीतका प्रावधान संशोधन नगरी एमसीसी पास गर्न नहुनेमा उनले जोड दिए ।






