काठमाडौं । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौं संस्करण फागुन ८ गतेदेखि ११ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । यो प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ख्याति प्राप्त ब्रान्डका १५० भन्दा बढी स्टल रहने आयोजकले जनाएका छन् ।
निर्माण सम्बन्धी उद्योग, कम्पनी, डिलर, सब-डिलर तथा विक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादन तथा प्रविधि प्रस्तुत गर्नेछन् । बिगत ९ वर्षदेखि आयोजना हुँदै आएको नेपाल बिल्डकन प्रदर्शनी निर्माण क्षेत्रमा आइरहेका नयाँ-नयाँ प्रविधि बारे जानकारी गराउने प्रमुख थलो बन्दै आएको छ ।
प्रदर्शनीमा Construction Materials, Chemicals, Construction Machinery, Pre-fab Structures, UPVC Windows Machinery, UPVC Profile, Doors and Windows, Architectural Hardware, Bathroom Fittings, Pipes, Tiles and Sanitary Ware, Roofing, Pre Engineering Building, Power Tools, Windows, Concrete Block Machinery Manufacturers, Aluminum Composite Panels, Adhesives जस्ता क्षेत्रका उल्लेखनीय सहभागिता रहनेछ ।
नवीनतम प्रविधिको प्रमुख आकर्षण
मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.ले संयुक्त रूपमा आयोजना गर्ने यो प्रदर्शनी यस वर्ष विशेष हुने आयोजकको विश्वास छ । यस प्रदर्शनीले नेपालमा उत्पादित सामग्री तथा प्रविधिलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्य राखेको छ ।
प्रदर्शनीमा नेपालका ख्यातिप्राप्त आर्किटेक्ट, इन्जिनियर, कन्ट्र्याक्टर, बिल्डर, इन्टेरियर डिजाइनरहरूको उल्लेखनीय सहभागिता रहनेछ । साथै व्यक्तिगत घर निर्माण गर्न चाहने, व्यावसायिक भवन तथा कम्प्लेक्स बनाउने व्यक्ति तथा संस्थाका साथै सर्वसाधारण नागरिकको समेत उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ ।
सहभागी संघ संस्था र नि:शुल्क प्रवेश
यस वर्षको प्रदर्शनीको टाइटल स्पोन्सर लुम्बिनी सेरामिक्स (लामिनार टायल्स) रहेको छ । साथै Federation of Contractors Association of Nepal (FCAN), Society of Consulting Architectural and Engineering Firms (SCAEF), Society of Nepalese Architects (SONA), Interior Designers Association of Nepal (IDEA) सहकार्य संस्थाका रूपमा रहेका छन् । चार दिनसम्म चल्ने नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ ।






