काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले प्रतिलिटर ३ रुपैयाँले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । जसअनुसार पेट्रोल, डिजेल र मट्टीतेल सबैको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटेको छ ।
मूल्य घटेसँगै अब काठमाडौंमा पेट्रोलको प्रतिलिटर १६० र डिजेल तथा मट्टितेलको प्रतिलिटर १४६ रुपैयाँ कायम हुनेछ । भारतबाट इन्धनको मूल्य घटेर आएकाले सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।
समायोजन भएको मूल्य बुधबारदेखि लागु हुने निगमले जनाएको छ ।







