एजेन्सी । कुनैपनि सम्बन्धमा कुनै चीजले महत्व राख्छ भने त्यो हो, मेलमिलाप । एक अर्कासँग तपाईँ जति नै अलग किन नहुनुहोस्, मेलमिलाप र समानता राख्नुहुन्छ भने अरु कुराले केही फरक राख्दैन । तर यो त्यति सहज पनि छैन । एक पुरुषले आफ्नी प्रेमिकाको धेरै खर्चका कारण चिन्तित भएर सामाजिक सञ्जालमा रिलेसनशिप एक्सपर्टसँग सल्लाह मागेका छन् ।
ती पुरुषका अनुसार उनकी प्रेमिकाको कुल सम्पत्ति लगभग २० मिलियन डलर (दुई करोड डलर) रहेको छ भने उनको कुल सम्पत्ति १ मिलियन डलर (१० लाख डलर) मात्र रहेको छ । पुरुषले लेखेका छन् – ‘म भाग्यशाली हुँ कि उनी मलाई साँचो माया गर्छिन् । हामी छिट्टै बिवाह गर्ने योजना बनाइरहेका छौँ ।’
उनले भनेका छन् – यद्यपी हामी यसबारेमा पहिले नै धेरै कुराबारे निर्णय गरिसकेका छौँ । तर मेरी प्रेमिकालाई यसको चिन्ता छ कि उनलाई भविष्यमा कतै आफ्नो भव्य जीवनशैलीको सम्झौता गर्नु नपरोस् । उनी एक वर्षमा करिब ३५०००० डलर कमाउँछिन्, जसमा उनले प्राप्त गर्ने बोनस जोडिएको छैन । जबकि एक वर्षमा मेरो कमाइ ओभरटाइम र बोनस जोडेर २२५००० डलर हुन्छ ।
हामीसँग कुनै ऋण छैन । हामी दुवै आफ्नो आफ्नो पहिलो पार्टनरबाट बच्चा छन्, जो आफ्नो युवावस्थामा छन् । मेरा दुई छोरीहरु छन् र म उनीहरुको कलेजको खर्चका लागि पैसा बचाइरहेको छु । मेरी प्रेमिकाको एक छोरा छ, जसको पढाइ फ्यामीली ट्रस्टमार्फत् भइरहेको छ ।
मेरी प्रेमिकाको छोरा महंगो चीजको सौखिन छ, जबकि म आफ्नो बच्चाका लागि केवल काम चलाउने कुराहरु मात्रै खरिद गर्न सक्छु । यहाँसम्म कि मेरा बच्चाहरुले स–साना खर्चहरु आफैँ उठाउँछन् । हामी दुवै ५० वर्षका भयौँ र ६० वर्षको उमेरमा हामी रिटायर्ड हुन्छौँ । मेरी प्रेमिकाको नोकरी निकै राम्रो छ र उनी मज्जाले काम गर्छिन् । जबकि मेरो नोकरी निकै तनाववाला छ । म हरेक साल आफ्नो कुल आम्दानीको २० प्रतिशतसम्म मात्रै बचत गर्न सक्छु ।
मेरी प्रेमिका आफ्नो जीवनशैलीलाई लिएर कुनै सम्झौता गर्न चाहन्नन् । रुपैयाँ पैसाको मामिलामा हामी एकअर्कालाई कुनै कुरा लुकाउँदैनौँ । तर पनि केही कुरालाई लिएर म निकै अनौठो स्थितिमा फसेको छु । म हरचीज एक सिमित तरिकाबाट गर्छु जबकि उनी यस्तो गर्दिनन् । उनी एक फेन्सी बिवाह चाहन्छिन् । यसबाहेक उनी चाहन्छिन् कि आफ्नो प्रेम र कमिटमेन्ट देखाउनका लागि मैलेयस पुरै बिवाहको आधा खर्च उठाउनुपर्छ । साथै उनी एक महंगो औँठी र कुनै शानदार हनिमून चाहन्छिन् । यदि मैले हुन्छ भने भनेँ मसँग एक पैसा पनि बच्दैन । उनी भन्छिन् कि उनलाई यो ठाउँमा पुग्न निकै मिहेनत गर्नुपर्यो । र सफलता प्राप्त गरेपश्चात उनी कुनैपनि आर्थिक समस्या झेल्न चाहँदिनन् ।
हाम्रो कुराकानी सधैँ यहीँ आएर समाप्त हुन्छ । रिलेसनशिप एक्सपर्टले उनलाई सल्लाह दिँदै भनेका छन्– तपाईँको बिवाह र हनिमून दुवै यस्तो हुनु आवश्यक छ जसको खर्च दुवैले सजिलै उठाउन सकियोस् । म यस कुरामा पनि सहमत छु कि यसको आधा आधा हिस्सा तपाईँहरुले आपसमा भाग लगाउनुपर्छ । यदि तपाईँको प्रेमिका आफ्नो विवाह र हनिमुनको स्तर बढाउन चाहन्छिन् भने यसमा फिक्स खर्च बाहेक अलग हुनु आवश्यक छ । बिवाह स–साना कुराबाट पनि यादगार बनाउन सकिन्छ, यदि तपाईँ सम्बन्ध अगाडी बढाउन चाहनुहुन्छ भने ।
तपाईँले आफ्नो हैसियत अनुसार नै रिंग खरिद गर्नुहोस् । यदि तपाईँको प्रेमिका कुनै अलग औँठी चाहन्छिन् भने उनी भविष्यमा आफैँ खरिद गर्न सक्छिन् । धेरै पैसा कमाउनुको मतलब यो होइन कि तपाईँ जिन्दगीमा कुनै चीजसँग सम्झौता गर्न छोडिदिनुहोस् । बिवाहभन्दा पहिले तपाईँको प्रेमिकासँग यी सबै कुरा खुलेर गर्नु आवश्यक छ । यदि तपाईँको प्रेमिका आफ्नो भव्य जीवनशैलीभन्दा तपाईँको प्रेम र भावनाको इज्जत गर्छिन् भने पक्कैपनि उनले तपाईँको समस्या बुझ्नेछिन् र स्वयम् यसको लागि आफूलाई तयार गर्ने कोसिस गर्नेछिन् ।






