काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले अर्ली इलेक्सन हुन सक्ने चेतावनी दिएका छन् । काेराेनाकाे जस्तै प्रतिगमनकाे पनि नयाँ भेरियन्ट आउन सक्ने खतरा अझै कायम नै रहेको उनकाे भनाइ छ ।
सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन् – ‘कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्छ है ! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउन सक्छ ! पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भने दोस्रो चाहिँ संविधानको आत्मा मार्ने गरी आउन सक्छ । अत: ढुक्क भएर आआफ्ना पार्टी वा गुटतिर नफर्कौँ !’







