काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बिहीबार संघीय संसदको संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गरेका हुन् ।
अर्थमन्त्री पौडेलका अनुसार आगामी वर्षको बजेटमा सबैभन्दा धेरै विनियोजन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई गरिएको छ । उक्त मन्त्रालयलाई २ खर्ब ११ अर्ब रुपैयाँ छुट्याइएको छ ।
त्यसैगरी, सबैभन्दा कम बजेट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई दिइएको छ, जसका लागि २ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
विभिन्न मन्त्रालयका बजेट विनियोजन यस्तो छ:
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय – १ खर्ब ५२ अर्ब
सहरी विकास मन्त्रालय – १ खर्ब १८ अर्ब
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय – ९५ अर्ब ८१ करोड
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय – ८६ अर्ब १ करोड
कृषि तथा पशुपन्छी विकास मन्त्रालय – ५७ अर्ब ४८ करोड
खानेपानी मन्त्रालय – ३३ अर्ब ८९ करोड
वन तथा वातावरण मन्त्रालय – १८ अर्ब ६१ करोड
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय – १३ अर्ब २८ करोड
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय – १० अर्ब १४ करोड
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय – ७ अर्ब ७२ करोड
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय – ७ अर्ब ४९ करोड
युवा तथा खेलकुद मन्त्रालय – ६ अर्ब ८ करोड
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय – ४ अर्ब २८ करोड
यस बजेटमार्फत सरकारको प्राथमिकता शिक्षामा केन्द्रित देखिएको छ भने अन्य सामाजिक क्षेत्रका केही मन्त्रालयहरू न्यून बजेटमा सीमित छन् ।






