एजेन्सी । काेराेना महामारीले विश्व नै ग्रस्त छ । खाेपले केहि आशा जगाएपनि निरन्तर लकडाउन हुँदा कयौँ नागरिक भोकै बस्न बाध्य छन् ।
कोरोना महामारीले पीडा मात्र दिएको होइन धेरै कुरा सिकाएको पनि छ । मानिसहरुका विवाह, पार्टी, खानपानदेखि बाहिर घुम्ने जस्ता सबै तालिका परिर्वतन भएका छन् । यस्तै भारतकाे ओडिशामा कोरोनाको फ्रन्टलाइनमा काम गर्ने एक कर्मचारी पिपिइ किट लगाएर सडकमा भिख मागिरहेका छन् । उनको फोटो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेकाे छ ।
यद्यपी उनले परिवार धान्न नसकेर भिख मागेका भने हाेइनन् । भारतीय समाचारको अनुसार वास्तवमा ती व्यक्तिले सरकारले कामबाट हटाएपछि विरोध गर्ने यस्तो अनौठो तरिका अपनाएका हुन् । ओडिशाको भद्रकमा एनएनएमका कर्मचारी अश्विनी पाढे पिपिइ किट लगाएर सडकमा भीम माग्दै गरेको देखिन्छ । यो घटना शनिबारको हो ।
कोरोना महामारीको समयमा राज्य सरकारले अश्विनी पाढेसहित हजारौ अन्य मानिसहरुलाई करारमा नियुक्ति गरेको थियो । उनीहरुको कोरोना कम भएसँगै करार अवधि पनि समाप्त भएको थियो । करार अवधि सकिएपछि कसैलाई पनि पुनः नियुक्ति गरेको छैन् । पाढेले भने कोरोनाको महामारीमा गम्भिर समयमा आफ्नो स्वास्थ्यको परवाह नगरी सेवा गरेको र राज्य सरकारले अचानक बेरोजगार बनाएको आरोप लगाएका छन् । उनले घरको खर्च चलाउन मुस्किल परेर भीम माग्न परेको बताएका छन् ।






