काठमाडौं । शनिबार सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ । ५ लाख ४० हजार जनाले मात्र गोलाप्रथामार्फत १० कित्ताको दरले सानिमा लाइफको शेयर पाएका छन् । सानिमा लाइफको आइपीओमा २४ लाख १९ हजार ८४८ जनाको आवेदन परेको थियो ।
त्यसमध्ये २३ लाख ८ हजार १२२ योग्य आवेदन परेको थियो भने एक लाख ११ हजार ७२६ जनाको आवेदन रद्ध भएका थिए । २३ लाख ८ हजार १२२ योग्य आवेदक मध्येबाट गोलप्रथामार्फत ५ लाख ४० हजारले १० कित्ताका दरले शेयर पाएका हुन् ।
यस्तो छ रिजल्ट हेर्ने तरिका
सानिमा लाइफको आईपीओको नतिजा अनलाइनबाटै थाहा पाउन सकिन्छ । नतिजा बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको आईपीओ रिजल्ट वेबसाइटबाट हेर्न सकिने छ ।






