काठमाडाैं । आइतबार सनुचाँदीकाे मूल्यमा वृद्धि भएको छ ।
अघिल्लो साता तीब्र गिरावट आएको सुन चाँदीको मूल्यमा यस साताको सुरुवाती दिनमै उच्च भएकाे छ । आज बजारमा छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बृद्धि हुँदै ९० हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
गत साताको अन्तिम कारोबार दिन शुक्रबार बजारमा छापावाल सुन प्रतितोला ८९ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे थियाे ।
यस्तै आज तेजाबी सुन ९० हजार २ सयमा काराेबार भइरहेकाे छ ।
यस्तै चाँदी एक हजार २०५ रूपैयाँमा काराेबार भइरहेकाे छ ।






